ग्लोबल आइएमईको थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

May 30, 2018 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले जेठ १५ गते मंगलबारदेखि लमजुङ्गको क्व्होलासोथार गाँउपालिका र पर्वतको कुश्मा नगरपालिका खुर्कोट बगैचामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाको संख्या ८७ पुगेको छ ।

बैंकले लमजुङ्गको साल्मेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सर्फू दिन मीया र पर्वतको स्थानिय छत्र बहादुर क्षेत्रीलाई व्यवसायीक प्रतिनिधिको रुपमा नियुक्त गरेको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत भएका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।

बैंकको १२९ शाखा कार्यालय, ४ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालयबाट बैंकिङ्ग सेवा दिदै अएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।