शिखर इन्स्योरेन्स र साल्ट ट्रेडिङ्गको बोनस सेयरधनीको हितग्राही खातामा जम्मा

May 30, 2018 Merolagani

शिखर इन्स्योरेन्स (SICL) र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गत आर्थिक बर्षमा वितरण गरेको बोनस सेयर सेयरधनीको हितग्राही खातामा पठाएको जनाएका छन् । 

  शिखर २९ प्रतिशत र साल्ट ट्रेडिङ्ग (STC) ले २५ प्रतिशत बोनस सेयर साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्ने समयसम्म डिम्याट गराएका सेयरधनीलाई पठाएका हुन् । 

इन्स्योरेन्सको २३ लाख ९६ हजार ४२३ कित्ता र साल्ट ट्रेडिङ्गको दुई लाख ४५ हजार ९८७ कित्ता बोनस सेयर बितरण गरेका थिए ।

भौतिक सेयर धारण गरेका लगानीकर्ता तथा साधारण सभाका लागि बुकक्लोजपछि डिम्याट गरेका सेयरधनीको बोनस सेयर भने सम्बन्धित कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय वा कुनैपनि निक्षेप सदस्य मार्फत सेयर अभौतिकिकरण गरे पश्चात क्रमश पठाउँदै जाने दुबै कम्पनीले जनाएका छन् ।

शिखर इन्स्योरेन्स र साल्ट ट्रेडिङ्ग दुबैको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ ।

सेयर धितोकर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको धितो फुकुवाको स्वीकृती पत्र बुझएपछि मात्र खातामा बोनस जम्मा गरिने क्यापिटलले जनाएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।