फर्स्ट माईक्रोफाइनान्सको २६ हजार ८८४ कित्ता सेयर लिलामी हुँदै

May 30, 2018 Merolagani

फर्स्ट माईक्रोफाइनान्स (FMDBL) ले हकप्रदमा अवितरित भएको २६ हजार ८८४ कित्ता साधारण सेयर लिलामी गर्ने भएको छ । उक्त सेयरमा जेठ २३ गते देखि ३० गतेसम्म लिलामी बिक्री खुल्ला हुनेछ ।

माईक्रोफाइनान्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीमा आएको अधिकतम सबै सेयर लिलामीका लागि आवेदन दिन सक्नेछन् ।

लिलामी सेयरमा ग्लोबल आईएमई क्यापिटल राष्ट्रिय नाचघर जमल, र ग्लोबल आइएमई बैंकको शाखा कार्यालय वीरगञ्ज, बनेपा, हेटौंडा, पोखरा सभागृह चोक, बुटवल मिलनचोक, विराटनगर, नेपालगन्ज त्रिभुवन चोक, सुर्खेत र धनगढीबाट बोलपत्र पेश गर्न सकिनेछ । 

कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेको थियो । सबै साधारण सेयरमा अावेदन नपरेपछि लघुवित्तले लिलामी मार्फत विक्री गर्न लागेकाे हाे ।  कम्पनीको सेयर बुधबार प्रतिकित्ता ६०१ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।