लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन शुरु

May 30, 2018 Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल भिलेज रिसोर्टबाट व्यवस्थापन सम्मेलनको शुभारम्भ गरेको छ । सम्मेलनमा आ.व.२०७४/०७५ को समीक्षा तथा आ.व.२०७५/७६ को योजना तथा रणनीति तयार गर्ने कार्यक्रम रहेको छ ।

सञ्चालक समितिका अध्यक्ष अजय विक्रम शाहले उद्घाटन गरेको कार्यक्रम तीनदिन सम्म सञ्चालन हुनेछ । कार्यक्रममा सञ्चालक समितीका सदस्यहरु, ब्यवस्थापन समुह र ५९ जना शाखा प्रमुखहरुको उपस्थितिमा रहेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले यसै अवसरमा संस्थाले यस आ.व.२०७४/०७५ को बैशाख मसान्त सम्ममा हासिल गरेको प्रगती विवरण पेश गर्नुको साथै नेपालमा लघुवित्त क्षेत्रको योगदान, चुनौती र आगामी दिनको कुशल रणनीतिको सम्बन्धमा प्रकाश पारेका छन् ।

महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले, लक्ष्मी बैँकको सहायक कम्पनीको रुपमा स्थापित राष्ट्रियस्तरको “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा आफ्नो कारोबार संचालन गर्दै आएको छ ।

यस वित्तीय संस्थाले बैशाख मसान्त २०७५ सम्ममा ४३ वटा जिल्लामा आफ्नो कारोबार संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ६७ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ ।

सदस्यहरुबाट ८८ करोड ४८ लाख रुपैयाँ बचत संकलन गरेको संस्थाले २ अर्ब ६६ करोड उठाउन बाँकी कर्जा रहेको छ । बैशाख मसान्त सम्ममा लघुवित्तले ७ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण, आधुनिक मोबाईल बैँकिङ्ग सेवा र शाखा रहित बैँकिङ्ग कारोबार संचालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।