भार्गवलाई पनि संस्थापक सेयर लिलामीमा सास्ती, साधारण १२८ रुपैयाँसम्म कबुल्नेले पाए

May 31, 2018 Merolagani

भार्गव विकास बैंक(BHBL) ले लिलामीमा निकालेको संस्थापक शेयरमा एउटा पनि आवेदन नपर्दा साधारणतर्फ भने न्यूनतम १२८ रुपैयाँसम्म  कबुल्नेले शेयर हात पारेका छन् । बैंकले हकप्रदमा नबिकेको शेयर लिलामीमा निकालेको थियो ।

बैंकले संस्थापक र साधारणगरी ७ लाख ५३ हजार ३७० कित्ता लिलामीमा राखेको थियो ।

८५ हजार ६६४ कित्ता साधारण शेयरका लागि २४१ आबेदन मार्फत २ लाख कित्ता शेयरको लागि आबेदन परेको थियो । न्युनतम १२८ रुपैयाँ देखि अधिकतम १५५ रुपैयाँसम्म प्रतिशेयर मुल्य तोकेर आबेदन दिने सबैले शेयर हात पारे ।

बैंकले लिलामीमा निकालेको संस्थापक शेयरको लागि भने कुनै आबेदन परेन । बैंकले ६ लाख ६७ हजार ७०६ कित्ता संस्थापक लिलामीमा ल्याएको थियो ।

हाल भार्गवको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पूँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।