शाइन रेसुङ्गाको २५% बोनस हितग्राही खातामा,कसले तिर्नुपर्छ बोनसमा कर ?

May 31, 2018 Merolagani

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) ले गत आर्थिक बर्षमा वितरण गरेको २५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्रही खातामा पठाएको छ । बैंकले गत आर्थिक बर्षमा २७ लाख ५७ हजार २३१ कित्ता बोनस सेयर वितरण गरेको थियो ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकले गत पुस ११ गते सम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस सेयर डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।

२०७३ जेठ २९ गतेपछि सेयर खरिद गर्ने सेयरधनीले कर बुझाएपछि मात्र बोनस सेयर डिम्याट खातामा जम्मा हुने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

सेयरधनीले शाइन रेसुङ्गा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा एनआईबिएल एस क्यापिटलका शाखा कार्यालयहरुबाट बोनस बापतको कर बुझाउन सक्नेछन् ।

साथै हालसम्म पनि भौतिक सेयर धारण गर्ने सेयरधनीले नजिकको बैंक तथा वित्तीय संस्था मार्फत सेयर अभौतिकिकरण गरे पश्चात बोनस प्राप्त गर्नेछन् ।

सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको धितो फुकुवाको स्वीकृती पत्र बुझाएपछि मात्र बोनस पठाइने क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।