बैंकले यस अघि संस्थापक ३ लाख ७९ हजार ३३६ कित्ता स्रस्थापक शेयरको लिलामी गर्दा १४ हजार ५ सय कित्ता मात्र बिक्री भएको थियो ।
लिलामी आवेदन गर्न इच्छुक ब्यक्ति वा संघ संस्थाले जेठ २५ गते देखि बंैकको सेयर बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली काठमाडौंमा असार ८ गते सम्म आवेद बुझाउन सक्नेछन् ।
लिलामी न्यूनतम १०० रुपैयाँ भन्दा बढी मूल्य बोलकबोल गर्न सकिने छ । न्यूनतम १०० देखि अधिकतम सम्पूर्ण शेयरका लगि आवेदन गर्न सकिने छ ।
बिहीबार नेप्सेमा बैंकको शेयर प्रतिकित्ता शेयर १५८ रुपैयाँको हाराहारीमा कारोबार भएको थियो ।