सिर्जना फाईनान्सको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित

Jun 01, 2018 Merolagani

सिर्जना फाईनान्स (SFFIL) को विशेष साधारण सभाले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । जेठ १२ गते सम्पन्न संस्थाको विशेष साधारण सभाले संस्थाको कार्यक्षेत्र विस्तारको प्रस्ताव पारित गर्दे पाँच जिल्ला पुर्याएको छ ।

फाइनान्सले हाल कम्पनीको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँको १० बराबर ६ कित्ता अनुपातमा २४ करोड ४ लाख ८ हजार रुपैयाँको हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो हकप्रद जारी गर्दा संस्थाको पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

संस्थाले बीमा कम्पनीको अभिकर्ता भई काम गर्नसक्ने र राष्ट्र बैंकको प्रावधान अनुसार संस्थालाई तीन प्रदेशका पाँच जिल्लामा कार्य विस्तार गर्ने पाउने सुविधा दिएको छ ।

यसअनुसार फाइनान्सले हाल कार्य गर्दे आएको मोरङ्ग सुनसरी र सप्तरीबाट दुई जिल्ला झापा र सिरहामा समेत कार्य गर्नसक्ने गरि कार्यक्षेत्र थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।