ए.टि.एमको उद्घाटन पृतनापति देवेन्द्र बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिष राज कुँवरले संयुक्त रुपमा गरेका छन् ।
यस ए.टि.एमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुनेछ ।
यससँगै लक्ष्मी बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् ।
आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा अनि ए.टि.एम सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।