लक्ष्मी बैंकको थप सुरक्षित डेबिट कार्ड बजारमा

Jun 01, 2018 Merolagani

लक्ष्मी बैंक (LBL) ले ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित भिजाद्धारा प्रमाणिक भएको थ्री डि सेवाद्वारा सुनिश्चितता प्रदान गरिएकोे, भिसा डेबिट कार्डहरु ल्याएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबार हुनबाट जोगाने बैंकले जनाएको छ ।

एक पटक रजिस्टर्ड गरेपछि भिसा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाई इ कर्मसको कारोवार गनसक्ने बैंकले जनाएको छ । 

बर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।

बैंकले भारतको Izealiant Technologies Pvt. Ltd को प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरेको हो । उक्त सेवा सुचारु गर्नको लागि बैंकका भिजा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको वेभसाइटमा गएर कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्नेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।