उक्त बेन्चहरु सिभिल बैंकका विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले महालक्ष्मी आधारभुत विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका वडा नं ९का अध्यक्ष राम बहादुर धिमाललाई संयूक्त रुपमा हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विद्याथीहरु, अभिभावकहरु तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै महालक्ष्मी आधारभुत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।