मेगा बैंककाे थामिएला सेयरमूल्य घट्ने क्रम ? ग्राहम नम्बरमा मेगा ७ बैंकभन्दा उत्कृष्ट

Jun 01, 2018 Merolagani

-तीर्थराज पाैड्याल
एक बर्ष चार महिनापछि मेगा बैंकले गत बैशाख ३० गतेदेखि टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्यो । त्यसको १५ दिनपछि जेठ १४ गतेबाट नेप्सेमा बैंकको सेयर कारोबार खुला भयो । तर कारोबार खुलेदेखि नै बैंकको सेयरमूल्य हरेक दिन करिब १० प्रतिशतका दरले घटिरहेको छ ।

मेगा बैंकको ६५ प्रतिशत हकप्रद समायोजन भएर जेठ १४ गते ३११ रुपैयाँमा सेयर कारोबार खुला भएको थियो । त्यस यता चार कारोबार दिनमा बैंकको सेयरमूल्य झण्डै ४० प्रतिशतले घटेर २०६ रुपैयाँमा बिहीबार बैंककाे सेयर कारोबार बन्द भएको अवस्था छ । 

 

अब मेगा र साबिकका टुरिजम् डेभलपमेन्ट बैंकबाट मेगाका सेयरधनी बनेका लगानीकर्तालाई ठूलो चासो यो छ कि बैंकको सेयरमूल्य अझ कति घट्छ ? हामीले यहाँ मेगा बैंकको वारेन वफेटले प्रयोग गर्ने ग्राहम नम्बरमा रहेकाे स्थान र सेयरमूल्य कति उतार-चढाव आउला भन्ने देखाउन खोजेका छौं । सेयर बजारका बादशाह मानिने बारेन बफेटले सेयर बजारमा लगानी गर्दा प्रयोग गर्ने ग्राहम नम्बरको आधारमा यहाँ मेगा बैंकलाई हेर्न खोजिएको छ । 

ग्राहम नम्बर बेन्जामिन ग्राहमको नामबाट प्रयाेगमा आएको हो । बेन्जामिन ग्राहम वारेन वफेटको प्रोफेसर थिए। यो यस्तो सिद्धान्त हो जसले बजारमा रहेको अण्डरभ्यालु स्टकहरुलाई पहिचान गर्न मदत्त गर्दछ । 

यो नम्बरको जाँचले कुनै कम्पनीमा लगानी गर्नु कति लायक हुनसक्छ भनेर पहिल्याउन मदत्त गर्ने गर्दछ । तर एउटा सिद्धान्तले एउटा मापककाे मात्र कार्य गर्ने हुँदा एउटा सिद्धान्त उत्कृष्ट देखाएकाे अाधारमा त्यसले सेयर खरिद विक्रीका लागि प्रयाप्त सुरक्षित रहेकाे अाधार निर्धारण गदैन । 

अहिले नेप्सेमा सूचीकृत रहेका २७ बाणिज्य बैंकको औसत ग्राहम नम्बर ४६.८२ रहेको देखिन्छ । मेगा बैंकको सेयरमूल्यलाई यस नम्बरको आधारमा हेर्दा बैंकको ग्राहम नम्बर ४७.०६ रहेको छ । जुन औसत भन्दा थोरै मात्र माथि रहेको छ ।

औसतको तुलनामा १८ बाणिज्य बैंकको ग्राहम नम्बर तल रहेको छ जसलाई हरियो रङ्गमा देखाइएको छ । ९ बैंकको ग्राहम नम्बर औसत बाणिज्य बैंकको ग्राहम नम्बर भन्दा माथि रहेको छ यसलाई रातो रङ्गमा देखाईएको छ । सबैभन्दा कम ग्राहम नम्बर नेपाल बैंकको १३.८७ रहेको छ भने सबैभन्दा उच्च स्टाण्डर्ड चार्टडको १५४.४८ रहेको देखिन्छ ।


ग्राहम नम्बरको सिद्धान्तले भने २२.५ लाई स्टाण्डर्ड रेसियो मान्दछ । यसभन्दा कम ग्राहक नम्बर रहेका कम्पनीको स्टकमा लगानी गर्नु लगानीको हिसाबले निकै सुरक्षित मानिन्छ ।

माथिको चित्रमा २७ मध्ये १८ बाणिज्य बैंकको ग्राहम नम्बर औसत बाणिज्य बैंकको भन्दा मुनि रहेको छ । जसमा ९ बाणिज्य बैंकको मात्र माथि रहेको अवस्थामा देखिँदा मेगाा बैंकको सेयरमूल्य पनि ४० प्रतिशत घटिसकेको अवस्थामा आइतबार पनि बैंकको सेयरमूल्य घटेमा अहिले औसत नजिक रहेको बैंकको ग्राहम नम्बर तल आउने देखिन्छ ।

 

संस्थागत सुशासन र बाहिरी विश्लेषणका आधारमा फरक पर्ने कारणहरुलाई छाड्ने हो भने मेगा बैंकलाई व्यवसायको कारोबार, प्रतिसेयर आम्दानी र कमाउने खुद नाफाका आधारमा समकक्षी बैंकहरु सेञ्चुरी कर्मर्सियल बैंक र जनता बैंक नेपालसँग तुलना गर्न सकिन्छ । यस आधारमा मेगा बैंकको सेयरमूल्य २०६ रुपैयाँ आईसकेको अवस्थामा आइतबार फेरी बैंकको सेयरमूल्यमा अधिक गिरावटको सम्भावना नआउने आँकलन गर्न सकिन्छ ।

यदि आइतबार पनि मेगा बैंकको सेयरमुल्य १० प्रतिशतले घट्यो भने बैंकको ग्राहम नम्बरको आधारमा बैंकको रेसियो ३८.३९ बिन्दुमा आउनेछ । यस आधारमा प्राईस टु बुक भ्यालु १.५६ र मूल्यमा आम्दानी अनुपात २४.६७ गुणामा झर्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।