शुभम पावरको २ लाख कित्ता आईपिओ खुल्यो, कसले कति गर्ने आवेदन ?

Jun 03, 2018 Merolagani

शुभम पावर लिमिटेड (SPCL) ले यही जेठ २० गते आइतबारदेखि साधारण सेयर (आईपिओ) निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयबासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपिओ निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिशत आईपिओ निष्कासन गरेको छ । उक्त आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको आईपिओ निष्कासन छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म हुने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटलले जनाएको छ ।

शुभम पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सकिनेछ । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाउनेछन् । त्यस्तै एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयर भर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

आयोजना प्रभावितलाई निष्कासन गरेको आईपिओ बाँडफाँड पश्चात २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपिओ सर्वसाधारणलाईै निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

दुई चरणको आईपिओ पश्चात कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा हुनेछ ।

कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।