दुई लघुवित्तले १४ करोडको हकप्रद जारी गर्न पाए अनुमति

Jun 03, 2018 Merolagani

स्वरोजगार र समता लघुवित्त (SMATA) ले धितोपत्र बोर्डबाट शुक्रबार १४ कधरोड १४ लाख ५७ हजार ७६० रुपैयाँको हकप्रद जारी गर्न अनुमति प्राप्त गरेका छन् । स्वरोजगारले चुक्ता पूँजीको शतप्रतिशत र समताले ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति प्राप्त गरेका हुन् ।

बोर्डको स्वीकृती प्राप्त गरेसँगै स्वरोजगार (SLBBL) ले एनएमबि क्यापिटल मार्फत १२ लाख २४ हजार ९७७ दशमलव ६० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

१२ करोड २४ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी स्वरोजगारको हकप्रद बिक्री पश्चात २४ करोड ४९ लाख ९४ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको ९ महिना अवधिमा स्वरोजगारले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०५ पैसा कायम गरेको छ ।

उता समता माइक्रोफाइनान्सले एनआईबिएल एस क्यापिटल मार्फत चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले एक लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

तीन करोड ७९ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी रहेको समताको ५० प्रतिशत हकप्रद निष्काशन पश्चात पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । चालू आवको ९ महिनासम्ममा कम्पनीले ५६ लाख ७१ हजार खुद नाफा कमाएर प्रतिसेर आम्दानी १९ रुपैयाँ ९४ पैसा कायम गरेको छ ।

स्वरोजगारको सेयरमूल्य प्रतिकित्ता १८७० रुपैयाँ र समताको ११८९ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।