मिर्मिरे माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

Jun 03, 2018 Merolagani

मिर्मिरे माइक्रोफाइनान्स (MMFDB) को आइतबार शतप्रतिशत हकप्रद सेयरपछि सेयर मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि प्रतिकित्ता एक हजार ७९५ रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले एक बराबर एक अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न जेठ १८ गते शुक्रबार सेयरधनी किताब बन्द गरेको थियो । समायोजित मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार सुरू भयो । 

आन्तरिक राजश्व विभागले आइतबारदेखि बोनस र हकप्रदमा अंकित मूल्यमा लाभकर असुल्न निर्देशन दिएपश्चात नेप्सेले मिर्मिरे माइक्रोफाइनान्सको औसत आधार मूल्य निर्धारण गर्न नपर्ने भएको छ ।

 

यसअघि बोनस र हकप्रद पश्चात समायोजित मूल्य सँगै १८० दिनको कारोबारको औसत आधारमूल्य निर्धारण गरिँदै आएको थियो ।

चार करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको मिर्मिरेले चालू आवको ९ महिना अवधिमा दुई करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६२ रूपैयाँ ८६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।