काबेली र माउन्ट मकालुले जेठ २७ देखि एकीकृत कारोबार थाल्ने

Jun 03, 2018 Merolagani

काबेली विकास बैंक (KEBL)  र माउन्ट मकालु डेभलपमेन्ट बैंकले यहि जेठ २७ गतेदेखि एकीकृत कारोबारको थालनी गर्ने भएका छन् । केन्द्रीय कार्यालय धनकुटामा रहने गरि थालिने एकीकृत बैंककाे कारोबार काबेली विकास बैंकको नामबाट हुनेछ ।

काबेली विकास बैंकको १०० कित्ता सेयर बराबर माउन्ट मकालु (MMDBL) को ८८ कित्ता सेयर स्वाप रेसियो कायम हुने गरी एक्वायर निर्णय भएको हो ।

काबेलीले माउन्ट मकालुलाई एक्वायर गरी एकीकृत कारोबार गर्न गत पुस १० गते दुबै बैंकको विशेष साधारण सभाले पारित गरेकामा राष्ट्र बैंकबाट बैशाख ३१ गते अन्तिम स्वीकृति पाएको थियो ।

एकीकृत कारोबार प्रयोजनका लागि जेठ २५ गते शुक्रबार दुवै बैंकले सम्पूर्ण शाखाहरुको बैंकिङ्ग कारोबार बन्द गर्ने भएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।