बाम सरकारको उपहार, नोक्सानमा सेयर बेच्दा पनि लाग्छ लाभकर

Jun 03, 2018 Merolagani

सुरेन्द्र थापा 

अब सेयरबजारका लगानीकर्ताले नोक्सानमा सेयर बेच्दा समेत पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ । सरकारले बोनस र हकप्रद शेयरको अंकित मूल्यमै पूँजीगत लाभकर लिने निर्णय गरेपछि लगानीकर्ता घाटामा सेयर बेचेपनि लाभकर तिर्न बाध्य भएका हुन् ।

आन्तरिक राजश्व विभागले धितोपत्र बोर्ड, नेप्से र सिडिएसीलाई परिपत्र जारी गर्दे आइतबारदेखि नै बोनस र हकप्रदमा लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर अग्रिम पूँजीगत लाभकर लिन निर्देशन दिएको थियो ।

आगामी आर्थिक बर्षको बजेट मार्फत शेयर कारोबारमा व्यक्तिगत पूँजीगत लाभकर पाँच प्रतिशतबाट बढाएर साढे सात प्रतिशत पुर्याएको थियो । पूँजीगत लाभकर बढाउदा नै रुष्ट बनेका लगानीकर्ता पछिल्लो निर्णयले झन आक्रोशित भएका छन् । उनीहरुले सरकारको पछिल्लो निर्णय फिर्ता लिन माग समेत गरेका छन् ।

यसरी लाग्छ घाटामा पनि लाभकर

लगानीकर्ताले घाटामा शेयर बेच्दा पनि कसरी पूँजीगत लाभकर तिर्नुपर्छ यहाँ एउटा उदारहण प्रस्तुत गरेका छौ । हामीले यहाँ स्ट्याण्र्ड चार्टर्ड बैंकको शेयरमूल्यलाई आधार लिएका छौ ।

स्ट्याण्र्ड चार्टड बैंकले गतबर्षको मुनाफा तथा जगेडाकोषबाट लगानीकर्तालाई शतप्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । बैंकको बोनस सुरक्षित गर्ने अन्तिम दिन गत पुष १३ गते विहीबार नेप्सेमा अन्तिमपटक बैंकको शेयर प्रतिकित्ता १९०० मा कारोबार भएको थियो ।

बैंकले बोनस प्रयोजनका लागि गत पुस १६ गते आइतबार शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । उक्त दिन बैंकको शतप्रतिशत बोनसपछि सेयरमूल्य प्रतिकित्ता ९५० मा समायोजन भएको थियो भने औषत आधारमूल्य १६२२ रुपैयाँ कायम भएको थियो । ०७५ जेठ २० गते आइतबार दोस्रो बजारमा स्ट्याण्डर्ड चार्टर्डको शेयरमूल्य ७८९ रुपैयाँमा रहेको छ ।

कुनै लगानीकर्ताले चार्टर्ड बैंकको बोनस पाउनेगरी गत पुष १३ गते विहीबार १०० कित्ता सेयर किनेको भए सो दिन कायम भएको अन्तिम मूल्यको आधारमा उसको लागत एक लाख ९० हजार रुपैयाँ परेको छ । शतप्रतिशत बोनसपछि उसको सेयर २०० कित्ता पुगेको छ भने लागत एक लाख ९० हजार नै छ ।

शतप्रतिशत बोनस समायोजन गर्दा बैंकको शेयरमूल्य प्रतिकित्ता ९५० कायम भएको थियो । त्यसपछि सेयरबजार निरन्तर घट्दै जाँदा हाल दोस्रो बजारमा चार्टर्डको सेयर मूल्य प्रतिकित्ता ७९० को हाराहारीमा छ । यही जेठ २० गते मात्रै नेप्सेमा चार्टर्डको शेयर प्रतिकित्ता ७८९ रुपैयाँमा कारोबार भएको छ ।

अब सो लगानीकर्ता उसको सय कित्ता बोनस आजको दिनमा ७८९ प्रतिकित्ताका दरले बेच्नुपर्दा समायोजित मूल्य भन्दा प्रतिकित्ता १६१ रुपैयाँ घाटा छ ।

यहि अवस्थामा सरकारले भर्खरै जारी गरेको बोनस र हकप्रदमा लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर अग्रिम पूँजीगत लाभकर लिन निर्देशन दिएको छ । सो निर्देशनका आधारमा अब उक्त लगानीकर्ताले ७८९ कै दरले सय कित्ता बोनस सेयर बिक्री गर्दा प्रतिकित्ता रु. ६८९ मा ७.५ प्रतिशत का दरले ५१.६८ रुपैयाँ लाभकर तिनुपर्ने अवस्था आएको छ । लगानीकर्ताले बोनस र हकप्रद सेयरमा मात्र अंकित मूल्यको आधारमा लाभकर तिर्नुपर्छ ।

प्रतिकित्ता १६१ रुपैयाँ पहिला नै घाटामा रहेको शेयर बेच्दा लगानीकर्ताले प्रतिकित्ता ५१ रुपैयाँ ६८ पैसा थप कर तिर्नुपर्ने अवस्था आएको छ । यसो हुँदा लगानीकर्ताले प्रतिकित्ता शेयरमा नै २१२ रुपैयाँ ६८ पैसा नोक्सान व्योहर्नुपर्ने हुन्छ । यहाँ ब्रोकर कमिशन लगायतको हिसाब गणना गरिएको छैन् । ब्रोकर कमिशनको समेत हिसाब गर्दा लगानीकर्ताले थप घाटा व्योहोर्नु पर्नेछ ।

सेयर बजारमा सूचीकृत अधिकांस कम्पनीहरुले राष्ट्र बैंक र बीमा समितिले तोके बमोजिमको न्यूनतम चुक्ता पूँजी कायम गर्न विगतका दिनहरुमा बोनस तथा ठुलो मात्रमा हकप्रद सेयर जारी गरेका छन् । हकप्रदको भारले सेयरबजार ओरालो लागेको छ भने लगानीकर्ताको सम्पत्ति समेत दिनप्रतिदिन घटिरहेको छ ।

अब फेरी बोनस र हकप्रद मार्फत प्राप्त भएको शेयर बिक्री गर्दासमेत अंकित मूल्यको आधारमा पूँजीगत लाभकर तिर्नु पर्ने  भएपछि लगानीकर्तामा करको भार थपिएको छ । एकातर्फ पूँजीगत लाभकर  अर्कातर्फ करको दायार समेत बढ्दा सेयरबजारका लगानीकर्तामा नैराश्यता छाएको छ । वाम सरकारको कर नीतिका सम्बन्धमा बजारमा प्रश्न समेत उब्जिन थालेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।