सेयर काराेबारमा आन्दोलनकाे असर न्यून, परिसूचक भने सामान्य घट्यो

Jun 04, 2018 Merolagani

सेयर बजारका लगानीकर्ताले हकप्रद र बोनसमा बढाइएको लाभकर वृद्धि खारेजीको माग गर्दे आन्दोलनमा उत्रिँदा सेयर बजारमा भने राम्रै कारोबार देखिएको छ । नेप्से परिसूचक ५.११ अंकले घटेर बन्द भएको सोमबारको बजारमा ४२ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अाइतबार ५४ कराेडकाे काराेबार भएकाे थियाे ।

सोमबार नेप्से परिसूचक ५.११ अंकले घटेर १२६८.८४ अंकमा झरेको छ । कारोबारमा आएको अन्य समूहको उप समूह बाहेक सबै उप समूह घटेका छन् । बीमा सबैभन्दा बढी ६५ अंकले घटेको छ । व्यापार सबैभन्दा कम २ अंकले घटेको छ । 

यसदिन १५७ कम्पनीको १० लाख ७१ हजार ८६१ कित्ता सेयर ४२ करोड ४४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । मेगा बैंकको एक लाख ९५ हजार ७३७ कित्ता सेयर तीन करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरि नेपाल बैंकको दुई करोड ३३ लाख, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाईफ इन्भेष्टमेन्ट बैंक, साना किसान लघुवित्त, राष्ट्रिय बीमा संस्थापक, शिखर इन्स्योरेन्स, सानिमा र एभरेष्ट बैंकको पनि एक करोड रुपैयाँ बढीको सेयर कारोबार भयो ।

 

 

यसदिन खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ७ प्रतिशतले बढेको छ । नेपाल टेलिकमर ग्लोबल आईएमई समुन्नत स्कीमका लगानीकर्ताले ४ प्रतिशत बढीले कमाएका छन् ।

ग्लोबल आईएमइ लघुवित्तको सेयरमूलय सबैभन्दा बढी ७.प्रतिशतले ओरालो लाग्दा मेरो माइक्रोफाइनान्स,ङादी ग्रुप पावर र एनआईसी एशिया ग्रोथ फण्डको सेयरमूल्य ५ प्रतिशत बढीले झरेको छ ।

 

बजार झरेपछि लगानीकर्ताकाे सम्पत्ति मापन गर्ने सेयर बजार पूँजीकरण १४ खर्ब ९६ अर्बमा खुम्चिएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।