लाभकरको अन्योलता कसरी मिलाउनुपर्ने हुन्छ मिलाउँछौं : अर्थमन्त्री

Jun 05, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा रहेको पूँजीगत लाभकरमा रहेको अन्याेलता आपसी छलफलबाट कसरी मिलाउनुपर्ने हुन्छ त्यसरी मिलाउने बताएका छन् । सोमबार कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडसँग कुराकानी गर्दे उनले कुनै पनि उद्योगले पूँजी परिचालन गर्दा सेयर विक्री नहुँदा आफु सबैभन्दा चिन्तित हुने समेत बताए ।

खतिवडाले बजेट मार्फत पूँजी बजार विस्तारका लागि भेञ्चर क्यापिटल हेज फण्डका अतिरिक्त ठूला कम्पनीलाई पूँजी बजारमा प्रवेश गराउने नीति ल्याएको बताए । आफु सेयर बजारप्रति नकारात्मक नरहेको र आफुले पूँजी बजारलाई कहिले पनि अनुपात्दक क्षेत्र नभनेको बरु त्यसरी भ्रम फैलाउने काम भएको प्रष्टिकरण दिए । हेनुहोस् उनले सो कार्यक्रममा दिएको जवाफको सार:-

बर्तमान अर्थमन्त्री सेयर बजारप्रति नेगेटिभ हुनुहुन्छ भन्ने आलोचना भएको छ जुन तपाइले पनि सुन्नुभएको होला। तपाइको धारणा सेयर बजारलाई प्रोटेक्सन चाहिएको छ कि, खुलापन चाहिएको छ कि, प्रतिस्पर्धालाई ओपन अप गरिदिनुपर्छ कि, जसरी लाभकरको एउटा क्याप लगाइएको छ यसमा धेरै आलोचना सेयर बजार भित्रबाटै भएको छ तपाईको टिप्पणी के छ ?

पहिलोको कुरो मैले सेयर बजारलाई पूँजी बजारको रूपमा हेर्छु । पूँजी बजारमा ऋण दिने पनि हुन्छन र सो पूँजी मार्फत पूँजी परिचालन गर्ने पनि हुन्छन् जसलाई हामी इक्यूटी मार्फत पूँजी परिचान गर्ने पनि हुन्छन् जसलाई हामी इक्यूटी मार्केट पनि भन्छौँ ।

सेयर बजारलाई अनुत्पादक आफुले भनेको भन्दै तीन पटक भनेका उनले आफुले त्य किसिमको शब्द त्यस्तो शब्द प्रयोग नै नगर्ने बताए । उनले भने अर्थमन्त्रीले यो भन्यो त्यो भन्यो भनेर बजारलाई प्रभावित पार्ने धेरै प्रयासहरू हुन्छन् यस्तो कुरामा म लामो समय वित्तिय प्रणालिमा काम गरेको हुनाले संवेदनशिल छु । पूँजी बजार हामिलाई किन चाहिन्छ भन्दा हामी राष्ट्रिय पूँजी निर्माणको प्रकृयामा छौं ।

यो प्रकृयामा आम नगरिकहरू पनि पूँजी बजारमा सहभागी होउन् उनीहरूले पनि सेयरको स्वमित्व ग्रहण गरून् र पूँजीको स्वामित्वको फैलावट मुलुकको सबै नागरिकमा जाओस भन्ने हाम्रो चाहना हो । केही व्यक्ति केही क्षेत्र, केही संस्थाहरूमा यो सीमित नहोस भन्ने मात्रै कुरा हो ।

दोस्रो कुरा, यो पूँजी बजारलाई अझ सघन बनाउने, अझ व्यवस्थित, सुदृढ र पारदर्शी तुल्याउने काम हाम्रो हो । त्यो सम्बन्धी बजेटमा केही कुराहरू भनिएको छ । पूँजी बजारमा सेयर कारोबार गर्ने एजेन्टहरूको भ्याटको समस्या थियो विगतमा त्यो हामिले हटाइ दिएका छौँ । अहिले हामिले त्यो हटाए पछि उहाँहरूलाई सामान्य करको दायरामा ल्याएका छौं । त्यो एउटा कूरो हो ।

दोस्रो कुरो पूँजीगत लाभकर चैँ अहिले हामिले धेरै क्षेत्रमा लगाएका छौं । त्यसमा केही अन्योल उत्पन्न भएको हुनसक्छ हिजो आज । त्यो अन्योल भनेको चाहिँ कसैको सेयर भ्यालुमा मानौं राइट सेयर पायो,सय रूपैयाँ कै सेयर आयो, अहिले त्यो सेयरको बजार मुल्य ९०० छ भने त्यसको पूँजीगत लाभकर लिने की नलिने भन्ने विषयमा अलिकति अन्योल भएको छ जस्तो मैले बुझेँ । आइतबारको सेयर बजारको प्रतिक्रिया बुझ्दाखेरी । त्यसमा हमिले सोमबार बसेर त्यो मिलाउँदै छौं ।

मुलतः सेयर बजारलाई पूँजी परिचालन गरेर नेपालमा स्व लगानी बढाउने धेरै ठूलो माध्यमको रूपमा हामीले लिन खोजेका छौँ । त्यसै भएर हामिले भेञ्चर क्यापिटल देखि म्युचुअल फण्डदेखि लिएर हेज फण्डहरूसम्म ल्याउनुपर्छ भनेका छौं । अनि कमोडिटी मार्केटलाई व्यवस्थित गर्ने भनेका छौं । यो पूँजी बजारकै विभिन्न पाटोहरू हुन् यसलाई हामी सुदृढ पार्न चाहान्छौं ।

करमा भएका दुविधाहरू हटाउन चाहन्छौं तर बजारलाई प्रभावित पारेर कुनै एक दुई व्यक्तिले लाभ लिने हिट एण्ड अर्न भन्छन् नी अंग्रेजीमा त्यो हुन चैँ हामीले दिन हुँदैन । त्यसले आम नागरिकहरू भोलि अप्ठ्यारोमा पर्छन् । सूसुचित नभई सेयर कारोबार नर्गनुहोस् भन्ने हाम्रो कुरा हो । कम्पनीको बारेमा जानकारी लिएर सेयर कारोबार गर्नुहोस् भन्ने मात्रै हाम्रो आग्रह हो ।

पूँजीगत लाभकरको विषयमा रहेको प्रभिजन जुन छ त्यो यथावत नै रहन्छ ?

लाभकर सम्बन्धमा केही अन्योलता छन् त्यसलाई हामी कसरी मिलाउनुपर्ने हुन्छ मिलाउँछौं । सेयर बजारलाई हामीले अस्वभाविक रुपमा उत्तेजित बनाउने गरि अभिव्यक्ति दिनु हुँदैन, अर्थमन्त्रीले सेयरको मूल्य बढ्छ, सेयर बजार माथि जान्छ अथवा कुनै अर्थमन्त्रीलेत बेटिङ नै गर्नुहुन्थ्यो सेयर मूल्य तल जान लाग्यो मेरो त इज्जत नै जान लाग्यो भन्नु हुन्थ्यो । यो सेयर बजारको इन्डेक्ससँग अर्थमन्त्रीले आफ्नो जिम्मेवारी र पर्फमेन्सलाई टाईअप गर्नु हुँंदैन ।

सेयर बजार त आफ्नो फण्डामेन्टलले चल्छ, कम्पनीको प्रोफाईल अनुसार कति नाफामा जान्छन् कम्पनीहरू, कति नयाँ सेयरहरू आउँछन् मागहरू कसरी बढ्छ भन्ने आधारबाट जानुपर्छ । सेयर बजारलाई नकारात्मक रुपले प्रभाव पार्ने काम अर्थमन्त्रीले गर्नु हुँदैन । उदाहरणका लागि करका प्रस्तावहरू, अरु प्रशासनिक झण्झटहरू हुनसक्छन् र बजारलाई संकुचित गर्ने कतिपय कामहरू ।

अहिले त हामीले सेयर बजारलाई विस्तार गर्नका लागि ठूला निजी कम्पनीहरू पनि पब्लिक कम्पनीको रूपमा आउनुपर्छ, अनिवार्य लिस्टेड हुनुपर्छ भनी राखेका छौं । त्यो त सेयर बजारलाई अझ सघन बनाउने कुरा हा ेनी, अझ फैलाउने कुरा हो ।

अर्थमन्त्रीका अभिव्यक्तिहरुको धेरै आलोचना हुने गरेको छ । पूर्व प्रधानमन्त्रीले डा. बाबुराम भट्टराईले त जुवाघर नै भन्नुभयो । तपाइपनि सेयर बजारलाई कन्ट्रोल ग्रोथमा मात्र लैजानुपर्छ भन्ने मनासायमा हुनुहुन्छ ?

होइन, पूर्व प्रधानमन्त्रीले कहिले त्यो भन्नुभयो मलाई थाहा छैन् । तर अस्ति संसदमा बोलिरहँदा चिन्ता व्यक्त गरिरहनु भएको थियो, सेयर बजार बढ्दैन कि भनेर । मेरो पोसिसन चाँही त्यो होइन, पूँजीबजारमा निष्कासन गरेको सेयर कसैले उद्योग खोल्न चाह्यो, कसैले व्यवसाय गर्न चाह्यो, पूँजी उठाउन चाह्यो, त्यो पूँजी उसले बजारमा बेच्न सकेन अथवा सेयर निष्काशन गर्दा कसैले किनिदिएन भने सबैभन्दा चिन्तित म हुन्छु । त्यो पूँजी बजारमा तपाईले १० करोडको पूँजी माग गरिरहनु भएको छ सेयर निष्काशनबाट एक अर्बको त्यहाँ माग भई रहन्छ भने त्यसमा अर्थमन्त्रीले धेरै चिन्तित हुनु पर्दैन । मूख्य त निष्काशन बजारबाट पूँजी परिचालन हुने कुरा हो ।

अब दोस्रो बजारमा पनि सेयर कारोबार त हुन्छ । त्यो किनबेच भई रहँदा त्यो कम्पनीको प्रोफाइल कसरी अघि बढ्दैछ , सेयर निष्काशन त गर्यो त्यसको नाफा कति हुँदैछ ? त्यसले आफ्नो व्यवसाय विस्तार कसरी अघि लादैंछ ? भन्ने नबुझिकन सेयरमा लगानी गर्ने सेयरकर्ताले नाफा हुञ्जेल आफू लिने अनि घाटा भएपछि अर्थ मन्त्रीलाई गाली गर्ने कुराहरूमा मात्रै मेरो आपत्ति हो । मेरो भनाई के हो भने कम्पनी हेर्नुहोस् ।

उदाहरण का लागि केही वित्तीय संस्थाहरुको नाफा घाटामा उतारचढाव भइरहन्छ । नाफा घाटा भई रहन्छ तर सेयरको मूल्यले आफ्नै प्रवृति लिइरहेको हुन्छ त्यहाँ सूसुचित भएर, जानकार भएर, जोखिम हेरेर लगानी गर्नुहोस् भन्ने मेरो भनाई हो । दोस्रो कुरा सेयरमा लगानी गर्ने भनेको जोखिममा खेल्ने नै हो । होइन भने त बैंकमा निक्षेप राखे भई हाल्यो नि । सेयरमा लगानी गरेर सधैं मेरो सेयरको मूल्य बढि रहन्छ भनेर हामीले परिकल्पना गर्दछौं भने त्यो गलत हुन्छ ।

यो वित्तीय जानकारी दिने काम मैले गर्छु, गरिराखेकै छु । तर सेयरमा लगानी गरेको रकम अनुत्पादक हो यो काम लाग्दैन, यसले मुलुकको समृद्धि हुँदैन भनेर पूँजी निमार्ण गर्न चाहने, पूँजी परिचालन गर्न चाहने र राष्ट्रिय पूँजी निर्माण गर्न चाहने अर्थ मन्त्रीले यसरी भन्दै भन्दैन ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।