सनराइज बैंकको ग्राहकलाई बीमा रकम भुक्तानी

Jun 05, 2018 Merolagani

सनराइज बैंक लिमिटेड(SRBL) ले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । उक्त योजना अन्तर्गत बैंकले भैसीपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनलाई उपचार खर्च ८० हजार २५६ बराबरको रकम प्रदान गरेको हो ।

बैंकका नायब महाप्रबन्धक रविन नेपालले एक कार्यक्रमकाबीच बिरामी महर्जनलाई उक्त रकम दिएका हुन् ।

“स्वास्थ्य बीमा सुविधा” अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च एक लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने प्रावधार रहेको छ ।

बैंकले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।