सिभिल बैंकले प्रस्ताव गर्यो बोनस

Jun 05, 2018 Merolagani

सिभिल बैंक (CBL) ले गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर प्रस्ताव गरेको छ । बैंक सञ्चालन समितिको सोमबार बसेको २४८ औं बैठकले सेयरधनीलाई १०.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि तीन करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । 

उक्त बोनस राष्ट्र बैंकको स्वीकृती र बैंकको आगमी साधारण सभाले अनुमोदन गरेपश्चात सेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख ९३ लाख रुपैयाँ रहेको छ । बोनसपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ पुग्नेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।