नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरमुल्य ५४३ रुपैयाँ ७५ पैसा मूल्य निर्धारण गरेको छ । लघुवित्तले सेयर बजारी गर्न मंगलबार सेयरधनी किताब बन्द गरेकाले जेठ २१ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद खरिद गर्न सक्नेछन् ।
लघुवित्तले थोक लघुवित्त कर्जा प्रदान गर्ने कम्पनीले पुर्याउनुपर्ने चुक्ता पूँजी ६० करोड कायम गर्न २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद बिक्री लागेको हो ।
हाल ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा हकप्रद पश्चात लघुवित्तको पूँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ कायम हुनेछ ।