लाभकर विवाद टुङ्ग्याउन अर्थ मन्त्रालयद्धारा समिति गठन

Jun 05, 2018 Merolagani

हकप्रद र बोनसमा बढाएको लाभकर खारेज गर्नुपर्ने माग राख्दै मंगलबार तीनवटा लगानीकर्ता संघले सेयर कारोबर नै ठप्प पारे । लगानीकर्ता सशक्त आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले समस्याकाे समाधान खोज्न समिति गरेकाे छ।

सरकारले मंगलबार अर्थ मन्त्रालयका सह-सचिव उत्तर कुमार खत्रीकाे संयाेजकत्वमा अध्ययन समिति गठन गरेकाे हाे । अान्तरिक राजश्व विभागका महानिर्देशक, राजश्व महाशाखा प्रमुख,  धिताेपत्र बाेर्ड, नेप्से, सिडिएससीकाे प्रमुख रहने गरि समिति गठन भएकाे हाे ।

समितिले लाभकरका विषयमा १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने सह-सचिव उत्तर कुमार खत्रीले मेराेलगानीलार्इ बताए ।

सोमबार आंशिक रुपमा सेयर कारोबार ठप्प पारेका लगानीकर्ताले मंगलबार पुरै कारोबार ठप्प पारे पश्चात अर्थले कार्यदल गठन गरि सोही कार्यदल मार्फत लगानीकर्ताको समस्या समाधान गर्ने प्रयत्न थालेको हो ।

सोमबार एक टेलिभिजन कार्यक्रमलाई अन्तवार्ता दिँदै अर्थमन्त्रीले बढाइएको लाभकरमा अन्योलता उत्पन्न भएको प्रतिकृया आफुले आइतबारको सेयर बजारबाट पाएको र त्यस विषयलाई कसरी मिलाउनुपर्ने हुन्छ त्यसरी मिलाउने बताएका थिए ।

लाभकरकाे विषय पेचिलाे बन्ने देखिएपछि अर्थमन्त्रीले यसलार्इ टुङ्ग्याउन मातहातमा निर्देशन दिएका थिए ।  

अर्थमन्त्रीको निर्देशनपछि मंगलबार अर्थ मन्त्रालय लाभकरको विषयलाई कसरी छिटो सम्बोधन गर्ने भन्ने विषयमा जुटेको हाे । आन्तरिक राजश्व विभाग र लगानीकर्ताको संघबीच सोमबार एक चरणको छलफलपछि भएपनि सो वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो ।

आन्तरिक राजश्व विभागले जेठ १८ गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग हाउसलाई पत्राचार गर्दे बोनस र हकप्रद सेयर कारोबारमा अंकित चुक्ता मूल्यमा नै अग्रिम कर असुली गर्न निर्देशन दिएको थियो ।

आइतबार देखि त्यसको कार्यान्वयन गर्न सिडिएससीले सेयर दलालहरुलाई पत्राचार गरेपश्चात जेठ २० गतेदेखि घाटामा पनि सरकारले कर असुल्न थालेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।