फस्ट माईक्रोफाईनान्सकाे लिलामी सेयर बिक्री खुल्ला

Jun 06, 2018 Merolagani

फस्ट माईक्रोफाइनान्स (FMDBL) ले जेठ २३ गते बुधबारदेखि हकप्रदमा बिक्री नभएको २६ हजार ८८४ कित्ता साधारण सेयर लिलामी खुल्ला गरेको छ ।

माईक्रोफाइनासको बिक्री प्रकन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले न्युनतम १०० कित्ता देखि अधिकतम समपूर्ण सेयरको लागि आवेदन दिन सक्नेछन् । 

लिलामी सेयर ग्लोबल आईएमई क्यापिटल राष्ट्रिय नाचघर जमल, र ग्लोबल अमईएमई बैंकको शाखा कार्यालय बीरगञ्ज, बनेपा, हटौंडा, पोखरा सभागृह चोक, बुटवल मिलन चोक, विराटनगर, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत र धनगढीबाट जेठ ३० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीको सोमबार प्रतिकित्ता ५६८ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।