जेबिल्स फाइनान्सले असार १० गतेदेखि ४० प्रतिशत हकप्रद बेच्ने

Jun 06, 2018 Merolagani

जेबिल्स फाइनान्स (JEFL) ले आगामी असार १० गतेदेखि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद विक्री गर्ने भएको छ ।राष्ट्र बैंकले ताेकेकाे न्यूनतम चुक्ता पूँजी कायम गर्न फाइनान्सले २३ लाख ११ हजार ६५० कित्ता सेयर हकप्रद बिक्री गर्न लागेको हो ।

हकप्रद जारी गर्न फाइनान्सले बुधबार सेयरधनी किताब बन्द गरेको छ । यसअनुसार जेठ २२ गते मंगलबारसम्म कायम रहेका सेयरधनीले हकप्रदमा साउन १३ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

फाइनान्सको सेयर बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरि सनराईज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्स न्युरोड, सनराईज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।

साठी करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जेबिल्सकाे हकप्रदपछि ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ ।

सेयरमूल्य समायोजन

बुधबार नै फाइनान्सको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ । नेप्सेले ४० प्रतिशत हकप्रदपछि फाईनान्सको प्रतिकित्ता सेयरमूल्य १०७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।