जनता बैंक र आईमार्क प्रालिबीच नगद रहित भुक्तानी सम्झौता

Jun 06, 2018 Merolagani

जनता बैंक नेपाल (JBNL) र आईमार्क प्रालिबीच बुधबार नगद रहित भुक्तानी कारोवार सम्झौता भएको छ । सो सम्झौतामा जनताको ट्रान्जाक्सन बैंकिङ्ग विभाग प्रमुख निरज शर्मा र आईमार्कका प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले पिओएस सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको नगद रहित कारोवार अवधारणालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधालाई समेत ध्यानमा राखेर उक्त सेवा सञ्चालनमा ल्याएको जनता  बैंकले जनाएको छ । 

बैंकले भिसा इन्टरनेशनलसँग आवद्घ भई देशभरी रहेका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघ संस्था, अस्पताल आदिबाट प्वाइन्ट अफ सेल (POS) सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा सञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्नसक्ने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।