गरिमा विकास बैंकले ल्यायो “दम्पति बचत खाता”

Jun 06, 2018 Merolagani

“सर्वोच्च सम्पत्ति सुखी दम्पति” भन्ने नाराका साथ गरिमा विकास बैंकले “ गरिमा दम्पति बचत खाता” संचालनमा ल्याएको छ । प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

जेठ २३ गते बुधबार झापाको मेची पुलबाट गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ । 

बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।