नेपाल सेवा लघुवित्तको जेठ २९ गतेदेखि सेयर कारोबार खुल्ने

Jun 07, 2018 Merolagani

हालसालै साधारण सेयर जारी गरेको नेपाल सेवा लघुवित्त (NSLBSL) को जेठ २९ गतेदेखि नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार खुला हुने भएको छ । कम्पनीले बुधबार नेप्सेमा सेयर सूचीकृत गरेसँगै एक सातापछि कारोबार खुल्ने भएको हो ।

लघुवित्तले जेठ २३ गते बुधबार ६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । यसमध्ये एक लाख ८० हजार कित्ता आईपिओ रहेको छ ।

सिन्धुपाल्चोकमा केन्द्रीय कार्यालय रहेको नेपाल सेवाले गत वैशाख १२ गतेदेखि १६ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशत सेयर निष्काशन गरेको थियो ।

सो सेयरमध्ये ९ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र तीन हजार ६०० कित्ता सेयर लघुवित्त कम्पनीका कर्मचारीलाई छुटाइएकाे थियाे ।

सामूहिक लगानी कोष र कर्मचारीलार्इ छुटाएर बाँकी रहेकाे १६ हजार ७४० जना आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ६७ हजार ४०० कित्ता सेयर बैशाख २३ गते बाँडफाँड गरिएको थियो ।

कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।