एशियन लाईफ र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

Jun 07, 2018 Merolagani

एशियन लाईफ इन्स्योरेन्स कम्पनी (ALICL) र महालक्ष्मी विकास बैंकबीच बुधबार बैंकासुरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त संझौतापत्रमा एशियनको बतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको शाखाहरुबाट एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । 

एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग बैंकको नेपालभरिका ७१ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिनेछ । 

जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले उक्त सम्झौता गरिएको हो । एशियन लाईफ इन्स्योरेन्सको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् ।

२०७४ चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोष १२ अर्ब ९ करोड रुपैयाँ, लगानी १२ अर्ब २८ करोड तथा हकप्रद पश्चात चुक्ता पूँजी एक अर्ब २० करोड पुगेको प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले बताएका छन् । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।