समता माईक्रोफाइनान्सले आधारभुत सेयरधनीसँग माग्यो कल इन एडभान्स्ड

Jun 07, 2018 Merolagani

समता माईक्रोफाइनान्स (SMATA) ले ५० प्रतिशत हकप्रद जारी गर्न चुक्ता पूँजीको एक प्रतिशतभन्दा बढी सेयर धारण गर्ने सञ्चालक र आधारभुत सेयरधनीलाई हकप्रद सेयर वापतको रकम अग्रिम रुपमा (कल इन एडभान्स्ड) बुझाउन आह्वान गरेको छ ।

लघुवित्तले बैशाखमा नै परिपत्र गरेर रकम जम्मा गर्न भने पनि केही सेयरधनीले अझैसम्म नबुझाएकाले कम्पनीले जनाएकाे छ ।  त्यस्ता सेयरधनीले जेठ ३१ गतेसम्ममा एभरेष्ट बैंक सिमरामा रहेको समता माईक्रोफाइनान्सकाे खाता नम्बर ००७००१०५२००३४६ मा रकम जम्मा गर्न भनेको छ । 

धितोपत्र बोडको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सञ्चालक तथा चुक्ता पूँजीको एक प्रतिशत बढी सेयर धारण गर्ने सेयरधनीले हकप्रद बिक्री खुल्ला गर्नु पुर्व यस्तो रकम बुझाउनुपर्ने व्यवस्था छ । 

कर्जा सूचना केन्द्रकाे कालाे सूचीमा परेका सेयरधनीले भने हकप्रद भर्न नपाउने लघुवित्तले जनाएकाे छ ।

लघुवित्तको गत मंसिर १६ गते सम्पन्न चौथो बार्षिक साधारण सभाले २ बराबर १ कित्ताको अनुपातमा एक करोड ८९ लाख ६० हजार रुपैयाँको हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सो हकप्रद धितोपत्र बोर्डबाट जेठ १८ गते स्वीकृत भएको थियो ।

लघुवित्तले २० प्रतिशत बोनस पश्चात कायम  चुक्त्ता पूँजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद पश्चात लघुवित्तकाे ५ कराेड ६८ लाख ८० हजार रूपैयाँ चुक्त्ता पूँजी कायम हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।