मिर्मिरे,आएसडिसी र जेविल्स फाइनान्सको कति तोकियो औसत आधारमूल्य ?

Jun 07, 2018 Merolagani

आन्तरिक राजश्व विभागले अंकित चुक्ता मूल्यबाटै लाभकर गणना गर्ने निर्देशन दिएपश्चात सेयरमूल्य मात्र समायोजन गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विहीबार तीनबटै कम्पनीको औसत आधारमूल्य निर्धारण गरेको छ ।

नेप्सेले मिमिरे माइक्रोफाइनान्सको औसत आधारमूल्य एक हजार ९१९ रुपैयाँ ३५ पैसा, आएसडिसी लघुवित्तको ७८१ रुपैयाँ ३८ पैसा र जेविल्स फाइनान्सको १३८ रुपैयाँ ५७ पैसा आधार मूल्य निर्धारण गरेको हो ।

कम्पनीहरुको नेप्सेमा कारोबार भएको १८० दिनको सेयरमूल्यका आधारमा औसत आधारमूल्य निर्धारण गरिने गरिएको छ ।

आन्तरिक राजश्व विभागले हकप्रद र बोनस सेयरमा अंकित मूल्यमा नै लाभकर गणना गर्ने निर्देशन दिएपश्चात नेप्सेले एक साथ तोक्ने गरेको समायोजित मूल्य र औसत आधारमूल्यमा यस साता औसत आधारमूलय तोक्न नपर्ने भन्दै समायोजित मूल्य मात्र तोकेको थियो ।

बुधबार विभागको पत्र स्थगनसँगै विहीबार नेप्सेले तीनवटै कम्पनीको औसत आधारमूल्य निर्धारण गरेको हो । नेप्सेमा आरएसडिसीको ६० र जेविल्स फाइनान्सको ४० तथा मिर्मिरेको शतप्रतिशत हकप्रद सेयर पश्चात मूल्य समायोजन भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।