ज्योति विकास बैंकको थप तीन स्थानमा एटिएम सेवा विस्तार

Jun 07, 2018 Merolagani

ज्योति विकास बैंक(JBBL) ले काठमाडौंको पेप्सिकोला, नेपालटार र विराटनगरमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको बैंकको १७ स्थानबाट एटिएम सेवा उपलब्ध हुने भएको छ । हालै मात्र बैंकले एससिटि कार्डलाई प्रतिस्थापन गरि भिषा डेबिट कार्ड ल्याएको हो ।

हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्र बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटिएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व २० करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ३० करोड ऋण लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्ब ५९ करोड कायम रहेको छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।