गुराँस लार्इफद्धारा एक दिवसीय जीवन बीमा सम्बन्धी सेमिनार सम्पन्न

Jun 07, 2018 Merolagani

गुराँस लार्इफ इन्स्योरेन्स (GLICL) ले पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा प्रदेश नं ४ को राजधानी पोखरामा Fundamental Of Life Insurance and Its Market Trends in Nepal बिषयमा एक दिवसिय सेमिनार सम्पन्न भएको छ ।

गुराँस लार्इफका क्षेत्रीय प्रमुख बाबुराम पौडेलले बीमा योजनाहरु आधुनिक आवश्यकता अनुरुप भएमा यसको बजारीकरणमा सहज हुने बताए ।

त्यसै गरी पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेले बजारको माग अनुरुप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकता अनुरुप सम्बन्धित निकायको सहर्कायमा पाठ्याक्रम परिर्माजन गरि समय सापेक्ष बनाउने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जिवन बीमाको प्रकृया तथा जीवन बीमा कम्पनीको सांगठनीक ढाँचा, दाबी भुक्तानी प्रकृया, अण्डरराइटिङ्ग सम्बन्धी व्यवस्था , कम्पनीको वोनस निर्धारण प्रकृयाहरुको बारेमा सहभागीहरुलाइ प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा १५० जनाको सहाभागीता रहेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।