समता माइक्रोफाइनान्सको कल इन एडभान्स्न्ड सूचना संसोधन

Jun 08, 2018 Merolagani

समता माइक्रोफाइनान्स (SMATA) ले बिहीबार सञ्चालक तथा आधारभुत सेयरधनीलाई हकप्रद वापतको रकम अग्रिम रुपमा भुक्तानी गर्न प्रकाशित गरेकोमा सूचना शुक्रबार सच्चाएको छ ।

लघुवित्तले बिहीबार प्रकाशित गरेको सूचनामा चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी सेयर धारण गर्ने सेयरधनी हुनुपर्नेमा अन्यथा भएको भन्दै भुल सुधार गरेको छ । उसले बिहीबार प्रकाशनमा ल्याएको सूचनामा एक प्रतिशत भन्दा बढी सेयर धारण गर्ने सेयरधनी उल्लेख थियो । 

अब कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी सेयर धारण गर्ने लगानीकर्ताले मात्र हकप्रद निष्काशन पुर्व अर्थात जेठ ३१ गतेसम्म रकम बुझाउनुपर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।