लुम्बिनी विकास बैंकको संस्थापक सेयर शुक्रबारदेखि लिलामीमा

Jun 08, 2018 Merolagani

लुम्बिनी विकास बैंक (LBBL) ले शुक्रबार देखि संस्थापक समूहको ३ लाख ६४ हजार ८३६ दशमलव ४४ कित्ता सेयरमा लिलामी खुला गरेको छ ।

बैंकले यसअघि वैशाख २ देखि ९ गतेसम्म लिलामी मार्फत सेयर विक्री खुला गरेपनि संस्थापक सेयर सबै विक्री नभएपश्चात दोस्रो पटक लिलामीमा ल्याएको हो । हालको लिलामीमा सर्वसाधारणले समेत आवेदन गर्न पाउनेछन् ।

बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले असार ८ गतेसम्म भिबोर क्यापिटल ट्रेड टावर थापाथलीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँदेखि बढाबढ मूल्यमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ता सेयरका लागि बोलपत्र पेश गर्न सकिने क्यापिटलले जनाएको छ । बैंककाे सेयरमूल्य   प्रतिकित्ता १५१ रूपैयाँ रहेकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।