सेन्ट्रल फाईनान्सको लिलामी शेयर बाँडफाँड, न्युनतम १११ रुपैयाँ मुल्य हाल्नेले पाए

Jun 08, 2018 Merolagani

सेन्ट्रल फाईनान्स (CFCL) ले तेश्रो पटक लिलामीमा राखेको संस्थापक शेयर बाँडफाँड भएको छ । गत जेठ २१ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत फाइनान्सले ९ लाख ८१ हजार ७०८ कित्ता संस्थापक शेयर बिक्री गरेको हो ।

फाईनान्सको लिलामी शेयर प्रतिकित्ता १११ रुपैयाँ सम्म मुल्ल तोक्नेले प्राप्त गरेका छन् । लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्युनतम एक सय कित्तादेखि दश कित्ताको गुणाङ्कमा अधिकतम कित्ताका लागि माग गर्न सकिने व्यवस्था थियो ।

चालू आवको तेश्रो त्रैमासमा फाइनान्सले चार करोड ५३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६ रूपैयाँ ७४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।