मञ्जुश्री फाईनान्सको लिलामी शेयर बाँडफाँड

Jun 08, 2018 Merolagani

मञ्जुश्री फाईनान्स कम्पनी (MFIL) ले लिलामीमा ल्याएको शेयर बिहीबार बाँडफाँड गरेको छ । फाइनान्स कम्पनीले जेठ १४ गतेदेखि २१ गतेसम्म १६ हजार ५६३ कित्ता संस्थापक र २२ हजार ५४८ कित्ता सर्वसाधारण शेयर लिलामीमा ल्याएको थियो ।

मञ्जुश्री फाइनान्सको १६ हजार ५६३ कित्ता संस्थापक सेयरका लागि तीन वटा आबेदन परेको थियो । संस्थापक शेयरकाे कटअफ मूल्य लागि १०० रूपैयाँ कायम भएकाे छ ।  संस्थापक सेयरका लागि अधिकतम ११० रुपैयाँसम्मको आवेदन परेको थियाे । 

त्यस्तै गरि २२ हजार ५४८ कित्ता सर्वसाधारण शेयरकाे कटअफ मूल्य १२७ रुपैयाँ कायम भएकाे शेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । लगानीकर्ताले फाइनान्सकाे साधारण सेयरका लागि अधिकतम १६० रूपैयाँसम्म खर्चिएका छन् । जुन बिहीबारकाे बजार मूल्यभन्दा ३१ रूपैयाँ बढी हाे ।   

२२ हजार ५४८ कित्ता सर्वसाधारण शेयरका लागि १०७ आबेदकले एक लाख २५ हजार ४०१ कित्ता शेयरका माग गरेका थिए । जसमा १२७ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा आवेदन गर्नेले सेयर प्राप्त गरेका छन् । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।