सेन्ट्रल फाईनान्सको लिलामीकाे संस्थापक शेयर बाँडफाँड, अाधा बिकेन

Jun 10, 2018 Merolagani

सेन्ट्रल फाईनान्स (CFCL) को तेश्रो पटक लिलामीमा आएको संस्थापक शेयर शुक्रबार बाँडफाँड भएको छ । फाईनान्सको लिलामी शेयरमा न्युनतम १०० रुपैयाँ मुल्य तोक्नेले पाएका छन् ।

फाइनान्सले गत जेठ १४ गतेदेखि २१ गतेसम्म  ९ लाख ८१ हजार ७०८ संस्थापक शेयर लिलामीमा ल्याएकाे थियाे । लिलामीकाे ल्याएमध्ये ५ लाख २५ हजार ४०० कित्ता मात्रै विक्रि भएको फाईनान्सको सेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलले जनाएकाे छ । 

अवितरित रहेकाे चार लाख ५६ हजार ३०८ कित्ता सेयरकाे लागि एनआईबिएल एस क्यापिटलले फेरी  चाैथाे पटक लिलामी खाेल्नेछ ।

चालू आवको तेश्रो त्रैमाससम्ममा फाइनान्सले चार करोड ५३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६ रूपैयाँ ७४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।