बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँ एफपिओ निष्काशन गर्न लागेको हो ।
बैंकले गत साधारणसभा बाट एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ । त्यस्तै १० वटा क्यापिटलले बैंकले निष्काशन गर्न लागेको एफपिओको सबै शेयरको प्रत्याभुति( अन्डरराईटिड.) गरेका छन् ।
बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । एफपिओ निष्काशनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। त्यस्तै प्रिमियम रकम जगेडा कोषमा थपिनेछ ।
हाल बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ । एफपिओ निष्काशनपछि बैंकमा सरकारी स्वामित्व ५१ प्रतिशतमा कायम हुनेछ ।