साधारण सभाका लागि बैंकले असार ८ देखि सेयरधनी किताब बन्द गर्ने भएकाले असार ७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।
यसैगरि सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, बैंकको नियमावली संसोधन गर्ने लगायतका अन्य प्रस्ताव पनि गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ मात्र पुग्नेछ । राष्ट्र बैंकले ताकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउन बैंकलार्इ अझै ९३ करोड अपुग हुनेछ ।