पोखरा फाइनान्सको बोनसपछि सेयरमूल्य समायोजन

Jun 10, 2018 Merolagani

पोखरा फाइनान्स कम्पनी (PFL) को आइतबार नेप्सेमा सेयरमूल्य समायोजन भएको छ । फाइनान्सले ८.२६ प्रतिशत बोनस वितरण गर्न आइतबारदेखि सेयरधनी किताब बन्द गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जले ८.२६ प्रतिशत बोनसपछि फाइनान्सको प्रतिकित्ता सेयरमूल्य १३५ रुपैयाँ ७८ पैसा निर्धारण गरेको हो ।  अाइतबार कम्पनीको सेयरमूल्य २.९४ प्रतिशतले घटेर १३३ मा झरेकाे छ । फाइनान्सकाे औसत आधारमूल्य १८९रुपैयाँ ८९ पैसा छ । 

पोखरा फाइनान्सले असार ५ गते दरबारथोक बैंक्वेट, बास्तोलाथर पोखरामा बिहान ८ गते साधारण सभा आह्वान गरेको छ । सभामा संस्थापक समूहबाट ४ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

बोनसपश्चात पोखरा फाइनान्सको ८१ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।