सिभिल बैंकद्वारा शिशु विद्याश्रमलाई कम्प्युटर हस्तान्तरण

Jun 11, 2018 Merolagani

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर प्रदान गरेको छ ।

उक्त कम्प्युटरहरु सिभिल बैंकको उक्त क्षेत्रको क्षेत्रीय प्रबन्धक दूर्गा राज पाण्डेयले शिशु विद्याश्रम माध्यामिक विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष शेर बहादुर अधिकारीलाई हस्तान्तरण गरे।

उक्त कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विद्यार्थीहरु, अभिभावकहरु तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणकोउपस्थिति थियो ।

गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई कम्प्युटर हस्तान्तरण गरेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।