शतप्रतिशत हकप्रद पनि ल्याउने
समस्याग्रस्त संस्थाबाट मुक्त भएको ललितपुर फाइनान्स (LFC) ले साधारण सभाबाट मर्जरमा जान उपयुक्त संस्थाकाे खाेजी गर्ने प्रस्ताव पारित गराउने भएको छ । फाइनान्स कम्पनीले असार २ गते डाकेको दुई आर्थिक बर्षको संयुक्त्त साधारण सभामा शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत गरेकाे छ ।