इन्स्योरेन्सले शेयरधनीहरुलाई कम्पनीको आर्थिक अवस्था सुधार हुँदै गइरहेको आश्वसन दिँदै आगामी दिनहरुमा अझ सुधार गर्ने प्रतिबद्धता भने व्यक्त गरेको छ ।
इन्स्योरेन्सको साधारणसभाले गत वर्षको वार्षिक लेखा परिक्षणको प्रतिबेदन सहित चालु आर्थिक वर्षको लेखा परिक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै इन्स्योरेन्सको साधारण सभाले सञ्चालक समितिको अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन पारित गर्दै आर्थिक वर्ष २०७३/७४ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण पनि स्वीकृत गरेको छ ।