सुरु भयो ब्याजदर बढाउने रेस, एनआईसी एशियालाई सिभिलले उछिन्यो

Jun 11, 2018 Merolagani

नेपाल बैंकर्स संघले सदस्य बैंकहरुका बीचमा व्याजदरका सम्बन्धमा यसअघि गरेको भद्र सम्झौता खारेज गरेपश्चात बैंकहरुबीच फेरी ब्याजदरमा प्रतिस्पर्धा चल्न थालेको छ । एनआइसी एशियालाई उछिन्दै सिभिल बैंकले बचत र मुद्धती दुबैमा उच्च ब्याजदर प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

सिभिल बैंकले बचतकर्तालाई उच्च प्रतिफल दिने भन्दै २२२ दिने मुद्धती खातामा १२.२२ प्रतिशत र चन्द्रसूर्य बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । बचत खातामा न्यूनतम १० हजार र मुद्धती बचतमा तीन लाख रुपैयाँ मौज्दात हुनुपर्ने मापदण्ड बैंकले तोकेको छ ।

बैंकले साधारण बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदरका अतिरिक्त निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. र मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा ग्राहकहरुकै घरदैलोमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

सोमबारदेखि नै एनआइसी एशिया बैंकले एक बर्ष अवधिको धनबर्षा मुद्धती खाताको निक्षेपमा प्रदान गरिने व्याजदर बढाएर १२ प्रतिशत पुर्याएको छ । नेपाल बैंकले बैंकर्स संघसँग सम्झौता गरि यही योजनामा बैंकले यसअघि बढाएको व्याजदर घटाएको थियो ।

सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।