प्राईम कमर्सियल बैंक पनि उत्रियो ब्याजदर बढाउने प्रतिस्पर्धामा

Jun 12, 2018 Merolagani

ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजिमा प्राईम कमर्सियल बैंक पनि उत्रिएको छ । सोमबारदेखि एनआइसी एशिया र सिभल बैंकले ब्याजदर बढाएपछि प्राइम (PCBL) ले पनि मंगलबारदेखि एक बर्षको मुद्धती निक्षेपको व्याजदर बढाएको हाे।

प्राईम ब्याजदर बढाउने तेश्रो बैंक बनेको छ । प्राईमले जेठ २९ गतेदेखि लागू हुनेगरि एक बर्ष वा सोभन्दा बढी अवधिको मुद्धती निक्षेपमा बार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । यसका लागि न्यूनतम मौज्दात ५० हजार रुपैयाँदेखि मुद्धती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

सोमबार मात्रै सिभिल बैंकले २२२ दिने मुद्धती खातामा १२.२२ प्रतिशत र चन्द्रसूर्य बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको थियो । चन्द्रसूर्य बचत खातामा न्यूनतम १० हजार र मुद्धती बचतमा तीन लाख रुपैयाँ न्यूनतम मौज्दात हुनुपर्ने मापदण्ड सिभिलको छ ।

उता सोमबारदेखि नै एनआइसी एशिया बैंकले एक बर्ष अवधिको धनबर्षा मुद्धती खाताको निक्षेपमा प्रदान गरिने व्याजदर बढाएर १२ प्रतिशत पुर्याएको थियो । बैंकले भने न्यूनतम मौज्दातको सीमा तोकेको छैन ।

नेपाल बैंकर्स संघले सदस्य बैंकहरुका बीचमा व्याजदरका सम्बन्धमा यसअघि गरेको भद्र सम्झौता खारेज गरेपश्चात बैंकहरुबीच फेरी ब्याजदरमा प्रतिस्पर्धा चल्न थालेको हो । यसबाट निक्षेपमा लगानीकर्ताले उच्च ब्याजदर प्राप्त गरेपनि कर्जा लिनुपर्ने भने थप मारमा परेका छन् । 

बैंक तथा वित्तीय क्षेत्रमा बढ्दै गएको कर्जाको ब्याजदरले औद्योगिक उत्पादनमा संकुचन आउने भन्दै यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने उद्याेगी व्यवसायीहरुको सुझाब छ । कर्जाको बढ्दो ब्याजदरले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घट्ने र रोजगारीका अवसरहरुमा समेत गिरावट आउने उनीहरु बताउँछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।