सिद्धार्थ इन्स्योरेन्स र आरएसडिसी लघुवित्तको हकप्रद असार १७ देखि बिक्रीमा आउने

Jun 12, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स र आरएसडिसी लघुवित्तले असार १७ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गर्ने भएका छन् । दुवै कम्पनीले मंगलबार हकप्रद निष्काशनको आह्वानपत्र प्रकाशित गरेका छन् । सिद्धार्थले ३५ तथा आरएसडिसीले ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएका हुन् ।

सिद्धार्थले चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । सिद्धार्थले हकप्रद प्रयोजनका लागि जेठ १ गते सेयरधनी किताब बन्द गरेको थियो । जस अनुसार बैशाख ३१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ भने हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हु्नेछ ।

बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले असार मसान्तसम्ममा १३ करोड ४१ लाख पूँजी बढाउनुपर्नेछ ।

आरएसडीसीले २१ करोड ५९ लाखको हकप्रद जारी गर्ने

आरएसडीसी लघुवित्तले पनि असार १७ गतेदेखि नै ५ः३ अनुपातमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि जेठ २२ सोमबार सेयरधनी दर्ता किताब बन्द गरेको थियो । यस अनुसार जेठ २१ गतेसम्म कायम रहेका सेयरधनी हकप्रद भर्न योग्य हुनेछन् । 

लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट रहेको छ । 

 

सेयरधनीले एनआईबिल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा यसका शाखा कार्यालयका साथै तोकिएको इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।