उच्च अदालतले एनसीसी बैंकले मर्जर हुनु अगाडि आर्थिक बर्ष ०७२/०७३ को वासलातमा उल्लेख गरेको मुनाफा तथा एकीकृत रुपमा मर्जर हुनुभन्दा अघिल्लो (०७३ पुस १७ ) सम्मको सो बैंकको मुनाफा आर्जन समेत दुवैको गरी छुट्टा छुट्टै मुनाफा बापतमा तथा मर्जर हुँदाको स्वाप रेशियोबाट सञ्चित रकम निवेदक संलग्न वित्तीय संस्थाका लगानीकर्तालाई नियमअनुसार हकप्रद तथा बोनस वितरण गर्न कुनै व्यवधान नगर्नु नरोकाउनु भनी आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनमा सांग्रिला इन्भेष्टेमन्ट प्राली, जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरीटीज प्राली, एनबी ग्रुप नेपाल प्राली, एनबी इन्भेष्टमेन्ट प्राली र एनबी मार्केट प्रालीले एनसीसी बैंक र राष्ट्र बैंकलाई विपक्षी बनाई उच्च अदालत पाटमा मुद्धा दायर गरेका थिए ।
आर्थिक बर्ष ०७२/०७३ एनसीसी बैंकले ७० करोड ७८ लाख मुनाफा कमाएको थियो । त्यस्तै एनसीसीमा मर्ज भएका इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले १४ करोड ९ लाख, सुप्रिम डेभलपमेन्टले १८ करोड ४६ लाख, इन्टरनेशनल डेभलपमेन्ट बैंकले ११ करोड ९२ लाख खुद मुनाफा गरेका थिए । उक्त अवधिमा एनसीसीमा मर्जरमा गएको एपेक्स डेभलपेमन्ट बैंक भने सञ्चित नोक्सानीमा रहेको थियो ।
एनसीसी बैंकमा उल्लेखीत चार विकास बैंकहरु मर्जर भएर ०७३ पुस १७ गतेबाट एकीकृत कारोबार थालेको थियो ।