देवः विकास बैंकको तीन शाखा सञ्चालनमा

Jun 12, 2018 Merolagani

देवः विकास बैंक (DBBL) ले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.८ माइस्थान, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ पुष्पलाल चोक, तथा कोहलपुर नगरपालिका वडा नं. ११ नेपालगञ्ज रोडमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

तीन वटै शाखा कार्यालयहरुबाट जेठ २८ गते सोमबारदेखि देखि वित्तीय कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । उपरोक्त शाखाहरुबाट वित्तीय कारोबार सञ्चालन भए पश्चात् बैंकको सेवा देशको मध्य पश्चिम क्षेत्र एवं प्रदेश नं. ५ मा थप विस्तार भएको छ ।

बैंकले हालसम्म १४ अर्ब १८ करोड निक्षेप संकलन गरी १३ अर्ब २० करोड कर्जा प्रवाह गरिएको छ । नव सञ्चालित शाखाहरुबाट थप श्रोत परिचालनमा सहयोग पुग्ने बैंकका बरिष्ठ प्रबन्धक नवीन मुनि बज्राचार्यले बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।