बैंकको ब्याजदर बढोत्तरीले कस्तो असर पार्छ सेयर बजारमा ?

Jun 13, 2018 Merolagani

केही महिना अगाडि मुद्धतीमा एघार प्रतिशत तथा बचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नदिने बैंकहरुबीचको भद्र सहमति खारेज भए लगत्तै यतिबेला बैंकहरुबीच ब्याजदर बढाउने तिब्र प्रतिस्पर्धा चलेको छ । बैंकरुबीच चलेको ब्याजदरको रेशले सेयरबजारमा कस्तो प्रभाव पार्ला आम लगानीकर्तामा चिन्ता र चासो बढेको छ ।

राष्ट्र बैंकले तरलताको अवस्था असहज नरहेको बताइरहदा बैंक तथा बित्तीय संस्थाहरु ब्याज दर बढाएर तरलता कमीको संकेत गरेका छन् । अर्कातर्फ चालु आर्थिक बर्ष सकिन एक महिना मात्र बाँकी रहँदा बैंकहरु आफ्नो सिसिडी रेशियो सन्तुलनमा राख्न पनि निक्षेप तान्ने प्रतिस्पर्धामा उत्रन बाध्य भएका छन् ।

बैंकहरुबीचको भद्र सहमति खारेज भएलगत्तै बैंकहरुले मुद्धती खाताको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याएका छन् । निक्षेपको ब्याज दर बढाएपछि कर्जाको ब्याज दर स्वभाविक रुपमा बढ्छ । बैंक तथा बित्तीय संस्थाहरुले कमाउने भनेकै ब्याज आम्दानीबाट हो । जुन बैंकले धेरै कर्जा प्रबाह गर्न सक्छ र त्यसको साबाँ ब्याज असुल्छ, उसले नै धेरै कमाउने गर्दछ । जसले धेरै कर्जा प्रबाह गर्न सक्दैन र ब्याज दर सन्तुलनमा राख्न सक्दैन उसले धेरै कमाउन मुस्किल पर्छ ।

 गैर बैंकिड. सम्पति बिक्री, अन्य संचालन गतिबिधिबाट गर्ने आम्दानी त न्यून हुने गरेको छ । पूँजी वृद्धिको सकश झेलेका बैंकहरुलाई पूँजी बढाएको अनुपातमा कमाई बढाएर प्रतिसेयर आम्दानी सन्तुलन गर्नु पनि चुनौती नै छ । बैंक तथा बित्तीय संस्थाले आफ्नो चुक्ता पूँजी र जगेडा कोषबाट मात्रै कर्जा प्रबाह गरेर फाईदा गर्न नसकिने हुँदा  धेरै भन्दा धेरै निक्षेप नै संकलनमा जोड गर्दछन् । 

देशको अर्थतन्त्रको अबस्थासँग पनि बित्त बजारलाई जोडेर हेर्नुपर्छ । आन्तरिक उत्पादनको अबस्था खुम्चिएको, ब्यापार घाटा बढेको, शोधनान्तर बचत घटेको, रेमिट्यान्स आप्रवाहमा उत्साहजनक सुधार नआएकोले पनि बैंकहरुलाई निक्षेप बढाउने दबाब परेको छ ।

मौद्रिक नीतिको मुखमा बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा चल्दा राष्ट्र बैंकलाई समेत ब्याजदर नियन्त्रण गर्ने चुनौती थपिएको छ । मौद्रिक नीतिलाई दबाब दिन पनि ब्याजदरको प्रतिस्पर्धा चलेको विश्लेषण समेत हुन गरेको छ ।

बैंक तथा बित्तीय संस्थाहरुले अहिले निक्षेपको ब्याज दर बढाएर मुद्धती निक्षेपमा साढे १२ प्रतिशतसम्म पुर्याएका छन् भने सामान्य बचत खाताको ब्याज दर ८ प्रतिशतसम्म पुगेको छ ।

निक्षेपको ब्याज बढेको अनुपातमा स्वभाविक रुपमा कर्जाको पनि ब्याजदर बढ्ने निश्चित छ । कसैले पनि महंगोमा पैसा लिएर सस्तोमा कर्जा दिदैन । त्यही कारण कर्जाको ब्याज दर बढेर १७ / १८ प्रतिशतसम्म पुग्ने देखिएको छ ।

यस्तो बेलामा कम ब्याज आईरहेको बैंकको खाताबाट अर्को बैंकको खातामा रकम सार्ने प्रबृत्ति पनि बढेर जान्छ । बैंक तथा बित्तीय संस्थाले धेरै ब्याज दिन्छ भनेपछि घरमा पैसा राखेकाहरु बैंकमा पैसा राखेर ब्याज आम्दानी गर्न लोभिन्छन् । त्यस्तै कम फाईदा भईरहेको क्षेत्रमा गरिएको लगानी झिकेर बैंकहरुमा निक्षेपको रुपमा राख्नेहरु पनि हुन्छन् । कस्ले सस्तो ब्याज दरमा कर्जा दिदैछ भनेर खोज्नेहरु पनि उतिकै सक्रिय हुन थाल्छन् ।

 सेयर बजारमा पनि तरंग

ब्याज दर बढ्दै गर्दा सेयर बजारमा पनि तरंग सिर्जना हुन थाल्छ । बेैंक ब्याज दर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ । ब्याज दर बढ्दा सेयर बजारमा उल्टो असर पर्छ । निक्षेपको ब्याज दर बढ्दा सेयर धितो कर्जाको ब्याज दर पनि बढेर जान्छ । ब्याज बढेपछि कर्जा लिनेहरु उत्साहित हुँदैनन् र यसरी लिईएको कर्जा रकम सेयर बजारमा लगानी गर्दा अपेक्षित प्रतिफल नपाउन सकिन्छ ।

एकातिर सेयर बजार निरन्तर घट्ने अर्कोतर्फ बैंकहरुको ब्याजदर बढ्दै जादा शेयर कर्जा लिनेहरुको जोखिम समेत बढ्दै जाने गर्छ । अब ब्याज दर बढेपछि शेयर कर्जाको ब्याज दर पनि स्वभाविक रुपमा बढ्न थाल्छ ।

कतिपयले सेयर बजारमा लगानी गरेर जोखिम मोल्नु भन्दा मुद्धती खातामा पैसा राखेर ढुक्कले ब्याज खान्छु भन्ने सोच पनि बनाउलान् । अलि जानेकाहरुले सेयरमा लगानी गर्दा बढी प्रतिफल पाईएला कि मुद्धतीमा राख्दा बढी प्रतिफल आउला भनेर तुलना पनि गर्लान् । बैंकमा राख्दा १२ प्रतिशत आउने र सेयर बजारमा लगानी गर्दा १०, १५ प्रतिशत मात्र प्रतिफल हुने भयो भने जोखिम बहनको विकल्प छनौट गर्नेहरुले सोच्छन् नै ।

ब्याज दरमा बढोत्तरीले सेयर बजारमा केही असर त पक्कै पर्छ तर बजारमा ठूलो गिरावट आउनुपर्ने कारण छैन । बैंक तथा बित्तीय संस्थाहरुले अहिले ब्याज दर बढाएका छन, त्यसको ठूलो असर तत्काल सेयर बजारमा यसकारण पनि पर्नसक्दैन कि (धेरै बैंक तथा बित्तीय संस्थाले सेयर बजारमा परिचालन गरेको सेयर धितो कर्जा सीमा भित्रै छ र कतिपयको अति न्युन र केही बैंकहरुले त यस्तो कर्जा परिचालन नै गरेका छैनन् ।

लगानीकर्ताले महंगो ब्याजमा कर्जा लिएर सेयर बजारमा लगानी गर्दा कति फाईदा लिनसक्छु भनेर जोख्नु स्वभाविक छ । महंगोमा कर्जा लिएर सेयर बजारमा दुई, तीन बर्षका लागि दीर्घकालीन लगानी गर्दा कति फाईदा हुन्छ ? यो बिचारणीय पक्ष हो । आफ्नो रकम नभएर कर्जा लिएर मात्रै सेयर बजारमा लगानी गर्नेहरु भनेका अल्पकालीन वा छोटो अवधिका लागि लगानी गर्नेहरु हुन, जसलाई कारोबारी भने पनि हुन्छ, यस्तो शेयरको ब्यापार गर्नेहरु जहिले पनि बढी जोखिममा रहन्छन् । जो कर्जामा मात्रै चलेको छ, ब्याज दर बढ्दा उसलाई असर गर्ने हो, जसले धेरै रकम आफ्नै बचतबाट परिचालन गरेको छ र बैंक तथा बित्तीय संस्थाबाट निकै कम रकम कर्जा लिएको छ, ब्याज दर बढ्दा आत्तिनुपर्ने कारणै छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।